अलकत्राको सट्टा सिमेन्ट प्रयोग गर्ने घोषणापछि उद्योगी उत्साहित

जेष्ठ १९, २०८० |भरत रावल
अलकत्राको सट्टा सिमेन्ट प्रयोग गर्ने घोषणापछि उद्योगी उत्साहित

काठमाडौं‌ । आन्तरिक खपत घट्दा ३ खर्ब लगानी रहेको सिमेन्ट उद्योग यतिखेर संकटमा छ । यस्तो बेला सरकारले बजेटमार्फत् सडक निमार्णमा अलकत्राको सट्टा सिमेन्ट प्रयोग गर्ने घोषणा गरेपछि उद्योगी उत्साहित भएका छन् । सरकारको यो निर्णयले सिमेन्टको खपत बढ्ने अपेक्षा गरिएको

कुनै समय शतप्रतिशत आयातमा निर्भर रहेको सिमेन्ट क्षेत्र ५ वर्षदेखि आत्मनिर्भर भएको छ । संविधान जारी भएपछि सिमेन्ट क्षेत्रमा लगानी तीव्र हुन थालेको थियो । तर सोचेअनुसार निर्माण क्षेत्रले गति नलिएपछि अहिले उद्योग ३० देखि ३५ प्रतिशत क्षमतामा मात्रै चलिरहेका छन् ।

अहिले वाषिर्क २ करोड ५० लाख टन उत्पादन गर्ने क्षमता भए पनि आन्तरिक खपत १ करोड २ लाख टनबाट घटेर ८० लाख टनमा झरेको छ । भारतमा सिमेन्ट निर्यातको सम्भावना रहे पनि नेपालको गुणस्तर चिन्हलाई मान्यता नदिादा थप निर्यातमा सकस भएको छ । यस वर्ष १ अर्ब ५० करोडको सिमेन्ट निर्यात भएको छ । सडकमा अलकत्राको सट्टा सिमेन्टको प्रयोग गरेपछि सडक पनि बलियो हुने सडक विभागको अधिकारीहरुको भनाइ छ ।

त्यसो त १५ वर्षदेखि नै सडकमा सिमेन्टको प्रयोग हुँदै आएको हो । शहरी क्षेत्रमा कंक्रिटको सडक बनाउन सम्भव नभए पनि मुख्य राजमार्गमा प्रयोग गर्दा बलियो हुनुको साथै भारबहन क्षमता पनि बढ्छ ।

गत आर्थिक वर्षमा ७ अर्बको अलकत्रा आयात भएको भन्सार विभागको तथ्यांक छ । सडकमा सिमेन्टको प्रयोग हुादा यसले व्यापार घाटा पनि घटाउने देखिन्छ । सिमेन्टको विश्व बजार १५ अर्ब डलरको छ । अन्य देशमा सिमेन्टको प्रयोग घट्दो भए पनि भारतमा भने १३ देखि १५ प्रतिशतले बढ्दै गएको छ । नेपाली सिमेन्ट भारतमा निर्यात गर्न सके वैदेशिक मुद्रा आर्जन गर्ने प्रमुख माध्यम बन्न सक्छ ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।