अर्थमन्त्रीले भने- विद्युतीय गाडीमा करभन्दा विक्रेताले कमिसन बढी लिए

जेष्ठ १६, २०८० |कान्तिपुर टीभी संवाददाता
अर्थमन्त्रीले भने- विद्युतीय गाडीमा करभन्दा विक्रेताले कमिसन बढी लिए

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले यसपालि कार्यान्वयन हुने गरी मात्र बजेट आएको दाबी गरेका छन् ।

बजेटबारे जानकारी दिन आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले यसपटक अनावश्यक खर्च नगरिने र काम गर्ने शैली परिवर्तन गरेर बजेट कार्यान्वयन गर्न सकिने जनाए ।

मन्त्री महतले राजस्व नीतिमा सुधार गरिएको भन्दै त्यसमा भएका कमी कमजोरी हटाएकाले आगामी दिनमा राजस्व वृद्धि हुनेसमेत दाबी गरे । काम सम्पन्न भइसकेका आयोजनाको रकम निर्माण कम्पनीलाई भुक्तान गर्न पहल भइरहेको पनि उनले जानकारी दिए ।

मन्त्री महतले साना विद्युतीय सवारीमा कर बढाएर ठूला सवारीमा घटाई एकरुपता ल्याउन खोजिएको भन्दै बचाऊ गरे । उनले विद्युतीय गाडीमा करभन्दा विक्रेताले कमिसन बढी लिएको भन्दै नियमनको खाँचो रहेको औंल्याए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.