बागमती प्रदेशभर सार्वजनिक सवारीको भाडा घट्यो (सूचीसहित)

जेष्ठ १२, २०८० |कान्तिपुर टीभी संवाददाता
बागमती प्रदेशभर सार्वजनिक सवारीको भाडा घट्यो (सूचीसहित)

काठमाडौं । बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ ।

वागमती प्रदेशअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) सहित बागमती प्रदेशमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो ।

मन्त्रालयले प्रदेश भाडा निर्धारण/सामायोजन तथा विद्युतीय भाडा भुक्तानी नियमावली,२०७८ को नियम ६ को उप नियम (२) ले दिएको अधिकार प्रयोग गर्दै भाडा घटाएको हो । भाडादर हिजो (बिहीबार) देखि लागु हुनेगरी कायम गरिएको हो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै २०७९ साउन ५ देखि बढाइएको भाडा अहिले पेट्रोलियम पदार्थको मूल्य घटेपछि घटाइएको हो ।

यस्तो छ नयाँ भाडादर :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.