रसुवागढी नाका खुलेको पहिलो द‍िनै केरुङ पुगे ५४ वटा कन्टेनर

चैत्र १८, २०७९ |कान्तिपुर टीभी संवाददाता
रसुवागढी नाका खुलेको पहिलो द‍िनै केरुङ पुगे ५४ वटा कन्टेनर

काठमाडौं । आजैदेखि पूर्णरूपमा खुलेको रसुवागढी नाकाबाट पहिलो दिन ५४ वटा कन्टेनर केरुङ पुगेका छन् ।

सामान लोड भएका २२ र सामान ल्याउन ३२ वटा खाली गरी ५४ वटा कन्टेनर केरुङ पुगेका हुन् । शनिबार बिहानदेखि रसुवागढी नाकाबाट दुईतर्फी आयात निर्यात सुरु भएको हो ।

यसअघि यो नाकामा चिनियाँ सामान आंशिकरूपमा आयात मात्रै हुँदै आएको थियो । यस नाकाबाट ३८ महिनादेखि मानिसको आवतजावत ठप्प रहेकोमा शनिबार बिहानदेखि आउजाउ पनि दुईतर्फी खुलेको छ ।

पहिलो दिन यस नाकाबाट २५ जना नेपाल भित्रिएको र १२ जना बाहिरिएको अध्यागन कार्यालय रसुवागढीका अध्यागमन अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.