काठमाडौंमा पन्ध्रौं संस्करणको मानव संसाधन भेला

चैत्र १७, २०७९ |कान्तिपुर टीभी संवाददाता
काठमाडौंमा पन्ध्रौं संस्करणको मानव संसाधन भेला

काठमाडौं । पन्ध्रौं संस्करणको मानव संसाधन भेला तथा प्रशिक्षण सम्पन्न भएको छ ।

काठमाडौंमा दुई दिनसम्म चलेको भेलामा सञ्चार, बैंकिङ, हस्पिटालिटी, शैक्षिक, उद्योग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासहित पचासभन्दा बढी प्रतिष्ठानका मानव संसाधन अधिकृतहरुको सहभागिता थियो ।

सहभागीहरुलाई विभिन्न १० वटा सत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकले जनशक्ति परिचालन तथा व्यवस्थापनका बारेमा प्रशिक्षण दिएका थिए ।

सोही अवसरमा वर्षभरिमा उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्ति तथा संस्थाहरुलाई सात विधामा विभाजन गरी सम्मान गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.