रासायनिक मलमा अनुदान घटाउने सरकारी निर्णयको विरोध

चैत्र २, २०७९ |कान्तिपुर टीभी संवाददाता
रासायनिक मलमा अनुदान घटाउने सरकारी निर्णयको विरोध

काठमाडौं । रासायनिक मलमा अनुदान घटाउने सरकारी निर्णयको किसान संगठनहरुले विरोध जनाएका छन् ।

अखिल नेपाल किसान महासंघ, नेपाल किसान महासंघलगायत संगठनले आज (बिहीबार) काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

सरकारले सोमबार रासायनिक मलमा दिँदै आएको ८० प्रतिशतसम्मको अनुदान घटाएको थियो । कृषिजन्य वस्तुको उत्पादन लागत बढिरहेको अवस्थामा अनुदान कटौती गरेर सरकारले किसानमाथि घात गरेको किसान संगठनहरुको आरोप छ।