बाढी गएको ३ वर्ष बित्दा पनि माग सम्बोधन नभएको भन्दै हेलम्बुबासी दोस्रो चरणको आन्दोलनमा

आश्विन १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
बाढी गएको ३ वर्ष बित्दा पनि माग सम्बोधन नभएको भन्दै हेलम्बुबासी दोस्रो चरणको आन्दोलनमा

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले आजदेखि हेलम्बुमा दोस्रो चरणको आन्दोलन सुरु गरेको छ ।

बाढी प्रभावितहरुको माग सहितको १७ गतेको वार्ता असफल भएपछि सरकार र खानेपानी आयोजना विरुद्ध विभिन्न नारा सहितको र्‍याली गर्दै आन्दोलन गरेका हुन् ।

मेलम्ची आयोजना प्रभावित र बाढी पीडितहरुले नदी नियन्त्रणका लागी तटवन्ध निर्माण, जोखिममा रहेका बस्तीहरुको संरक्षण गर्नुपर्ने, मेलम्ची बाढी अघि बैँक तथा बित्तिय संस्थाबाट कर्जा लिई मेलम्ची करिडोरमा बनाईएको घर व्यवसायको ऋण मिनाहा गर्नु पर्ने, बाढीबाट मृत्यु भएका परिवारलाई प्रति व्यक्ति १० लाख क्षतिपूर्ती दिइनुपर्ने, स्थानीय सरकार मार्फत खानेपानीको लेवी उपलब्ध गराइनुपर्ने, नयाँ घर निर्माणका लागि २० लाख अनुदान दिनुपर्ने लगायतका विभिन्न मागहरु राखेका छन् ।

बाढी गएको ३ वर्ष बितिसक्दा पनि सरकारले बाढी पिडितको माग सम्बोधनमा कुनै चासो नदिएको भन्दै बाध्य भएर सडकमा उत्रिनुपरेको संघर्ष समितिका प्रचार प्रसार संयोजक विश्वराम गुरागाइले बताउनु भयो ।

आफुहरुको माग पुरा नभएसम्म निरन्तर अन्दोलन गर्ने र खानेपानी आयोजनाका निर्माण र मर्मतका लागि जाने मेसिनरी लगायतका सबै सवारी साधान प्रवेशमा समेत रोक लगाउने समेत चेतावनी दिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.