जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरू

फाल्गुन ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरू

जनकपुर । कला, संस्कृति र पहिचान उजागर गर्ने उद्देश्यले जनकपुरधाममा चार दिने जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरू भएको छ ।

मैथिली विकास कोषको आयोजना मंगलबारदेखि सुरू भएकाे महोत्सवमा नेपाल-भारतका मैथिली भाषा, साहित्य, संस्कृतिका साथै आर्थिक, सामाजिक क्षेत्रमा विशिष्ट योगदान दिएका व्यक्तिहरू सहभागी छन् । महोत्सवको उद्घाटन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशमा सबैभन्दा बढी बोलिने मैथिली भाषालाई कामकाजी भाषा बनाउने उद्घोष गर्नुभयाे ।

महोत्सवमा चित्रकला, पुस्तक प्रदर्शनी, मिथिला भोजन, विविध सांस्कृतिक कार्यक्रमसहित राजनीतिक, सामाजिक र साहित्यिक चर्चा हुनेछ । लोकनृत्य प्रतियोगिता, मिथिला चित्रकलाको कार्यशाला तथा प्रदर्शनी, पाँचवटा विभिन्न नाटकहरू, मिथिलाको भोजन तथा कवि गोष्ठीहरू हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.