
काठमाडौं । महाशिवरात्रिको अवसरमा आयोजना गरिने भिक्त संगीतमय कार्यक्रम ‘एकम् भजन साँझ’ फागुन २ गते शनिबार ललतपुरको भैंसीपाटी खेल मैदानमा हुने भएको छ।
यज्ञशाला फाउन्डेसनद्वारा प्रगति युवा क्लबको सहकार्यमा आयोजना गरिएको यस कार्यक्रममा संगीतकर्मी, नृत्य कलाकार, पुजारी तथा आध्यात्मिक पर्यटन क्षेत्रमा क्रयाशील व्यक्तित्वहरूको सहभागिता रहनेछ। कार्यक्रममा १० भन्दाबढी कलाकारहरूको लाइभ संगीत प्रस्तुति रहनेछ भने कथक नृत्य पनि विशेष आकर्षणका रूपमा प्रस्तुत गरिनेछ।
आयोजककाअनुसार ‘एकम् भजन साँझ’ को उद्देश्य युवा पुस्तालाई संस्कृति र परम्परासँग पुनः जोड्नु, भक्ति संगीतमार्फत मानसिक शान्ति र सामूहिक एकताको भावना अभिवृद्धि गर्नु तथा नेपालमा आध्यात्मिक संगीत कायक्रमको नयाँ मानक स्थापित गर्नु हो।
“यस कार्यक्रममार्फत हामी समुदाय-केन्द्रित कायक्रमको नमुना प्रस्तुत गर्दै नेपाललाई आध्यात्मिक तथा अनुभवात्मक पर्यटनको केन्द्रको रूपमा विकास गर्न आधार तयार गन चाहन्छौँ,” यज्ञशाला फाउन्डेसनका संस्थापक निरजन अधकारीले भन्नुभयो।
कार्यक्रमको टिकट शुल्क रू ७ सय ९९ तोकिएको छ। टिकटहरू मल्टी ट्युनस् नेपालको आधिकारिक वेबसाइटमार्फत उपलब्ध छन्। कार्यक्रमको आधिकारिक मोबिलिटी पार्टनर पठाओ रहेको छ।