.png&w=1000&height=550)
जाजरकोट । शिल्पी थिएटरले जाजरकोटमा ‘छुटेका सपना’ नाटक मञ्चन गरेको छ ।
समाजमा विद्यमान राजनीतिक, सामाजिक तथा प्रशासनिक क्षेत्रका विकृतिलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको उक्त नाटकले दर्शकको ध्यान खिचेको थियो ।
नाटकमा भ्रष्टाचार, ढिलासुस्ती, बेथिति तथा गरिबीका कारण किसानहरूले भोग्नुपरेका पीडा र संघर्षलाई जीवन्तरूपमा मञ्चमा उतारिएको थियो।