
धनकुटा । धनकुटामा स्थानीय साहित्यको प्रवर्द्धनका लागि सुरू गरिएको साहित्यिक कार्यक्रम चियासँग कविताको एक वर्ष पूरा भएको छ ।
हरेक साता शुक्रबार सञ्चालन हुने कार्यक्रमको पहिलो वार्षिकोत्सवमा साहित्य स्रष्टा र पत्रकारलाई पुरस्कृत गरिएको छ । रेडियो धनकुटा एफएमको संयोजन रहेको १५ हजार रूपैयाँ राशीको चियासँग कविता धनकुटा साहित्य रत्न पुरस्कार कवि घनश्याम बराल औलाली प्राप्त गर्नुभएको छ ।