पूर्वी नवलपरासीमा घडियाल काब्य उत्सव सम्पन्न

माघ २९, २०८२ |नवीन पौडेल
पूर्वी नवलपरासीमा घडियाल काब्य उत्सव सम्पन्न

नवलपरासी । लोपोन्मुख जलचर र वातावरण संरक्षणमा जनचेतना जगाउने उदेश्यले पूर्वी नवलपरासीमा घडियाल काब्य उत्सव सम्पन्न भएको छ । 

संकटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षणका लागि जनचेतना जगाउन आभानी मिडियाले बिगत ५ वर्ष देखि सरोकारवालाबीच छलफल र संरक्षणमा जोड दिदै आएको छ । 

माघ २८ र २९ गते दुुई दीन सम्म देवचुली नगरपालिकाको नारयाणी नदी किनारमा सञ्चालन भएको काब्य उत्सवमा संरक्षणको लागि सरोकारवालले नितिगत सुधार गरेर कार्यान्वयन गर्नुपर्नेमा सहभागिले जोड दिएको आयोजक सस्थाका दिपेश कडरियाले बताउनुभयो । 

४ वटा सत्रमा सञ्चालन भएको उत्सवमा विद्यार्थीहरुले संरक्षण सम्बन्धी गित , कविता र चित्रकला प्रस्तुत गरेका थिए । 


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।