
भक्तपुर । वरिष्ठ साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलाई १ सय १ वटा साहित्य संस्थाले सामूहिक अभिनन्दन गरेको छ ।
भक्तपुरको लोकन्थलीमा सोमबार आयोजित एक समारोहका बीच वरिष्ठ साहित्यकार चन्दलाई साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको हो । लामो राजनीतिक यात्रामा आफनो विशेष पहिचान र योगदानका साथै साहित्य, रचना तथा सिर्जनाका माध्यमवाट नेपाल र नेपाली जनताको हितमा ६ दशक लामो सिर्जना यात्रा पुरा गर्नुभएको भन्दै उहाँलाई अभिनन्दन गरिएको आयोजकले जनाएको छ ।