कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन कार्यक्रम सम्पन्न

चैत्र ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कविता समाजलाई सुसुचित गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभएको छ ।

काठमाडौंमा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन कार्यक्रममा उहाँले कवितामा व्यक्त आशय र विचारहरू यथार्थमा आधारित हुने बताउनुभएको हो । उहाँले कविताका माध्यमबाट देश र संसारलाई बुझ्ने अवसर मिल्नेसमेत बताउनुभयो ।

कार्यक्रममा कवि तीर्थ श्रेष्ठले आफ्ना कविता र मुक्तकहरु सुनाउनुभएको थियो । नेपाली लेखक संघका अध्यक्ष समेत रहेका उहाँले कविता लेख्नु र राजनीति गर्नु दुबै कठिन हुने बताउनुभयो । कवि श्रेष्ठले आमा, हिउँमा लेखिएका नामहरु, लाहुरे फूल म तिम्रो नाम फेर्न चाहान्छु, म मुक्तिनाथ, तिमिसँग भेटिएको दिन, धर्मग्रन्थ, बाघ लगायतका दर्जनौं कविताहरु उहाँले सुनाउनु भएको थियो ।

पोखरामा जन्मिएका वरिष्ठ कवि श्रेष्ठको कविता संग्रह धर्सैधर्सा चर्चित छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.