रूद्र-गौरी श्री-अम्बिका ओली प्रतिष्ठान भद्रपुरद्वारा तीन व्यक्तित्व पुरस्कृत तथा सम्मानित

वैशाख २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
रूद्र-गौरी श्री-अम्बिका ओली प्रतिष्ठान भद्रपुरद्वारा तीन व्यक्तित्व पुरस्कृत तथा सम्मानित

काठमाडौं । रूद्र-गौरी श्री-अम्बिका ओली प्रतिष्ठान भद्रपुरले विभिन्न तीन विधामा महत्वपूर्ण योगदान पुर्‍याएका तीन व्यक्तित्वलाई पुरस्कृत तथा सम्मानित गरेको छ ।

प्रतिष्ठानले आज काठमाडौंमा गरेको कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरले नगद राशीसहित पुरस्कृत गर्नुभएको हो ।

ओली प्रतिष्ठानले मानवअधिकारका लागि एकल महिला समूहलाई एकल महिलाको क्षेत्रमा योगदान गरेको भन्दै गौरीदेवी ओली स्मृति राष्ट्रिय आर्दश आमा पुरकारबाट पुरस्कृत गरेको छ । पुरस्कारको राशी १ लाख १ हजार १ सय ११ रूपैयाँ रहेको छ ।

त्यस्तै सञ्चारकर्मी विनु सुवेदीलाई अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ। पुरस्कारको राशी १ लाख १ हजार १ सय १ रूपैयाँ छ । 

ओली प्रतिष्ठानले बालबालिकामा गरिने असन्तुलन भूमिकालाई सन्तुलन गर्न खेलेको भूमिकाको कदर गर्दै सदिक्षा पण्डित र त्रिदेव पौडेललाई देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कारबाट पुरस्कृत गरेको छ । पुरस्कारको राशी ५० हजार १ सय ११ रुपैँया छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.