भूठानले ‘फ्राइडे नाइट विथ ह्याप्पिएस्ट म्यान’ क्याम्पेन गर्ने

चैत्र ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
भूठानले ‘फ्राइडे नाइट विथ ह्याप्पिएस्ट म्यान’ क्याम्पेन गर्ने

काठमाडौं । आगामी वैशाख १२ मा प्रदर्शन हुन लागेको चलचित्र भूठानले हरेक शुक्रबार काठमाडौंका चर्चित चियापसल र रेष्टुँराहरूमा ‘फ्राइडे नाइट विथ ह्याप्पिएस्ट म्यान’ क्याम्पेन गर्ने भएको छ । 

जस अन्तर्गत पहिलो कार्यक्रम थापाथलीस्थित चियावालामा चैत ८ गते साँझ ५ः३० बाट सुरु हुनेछ । यो कार्यक्रममा चियापसलमा आएका जो कसैले आफ्नो गीत, कविता, मुक्तक, गजल, क्यारिकेचर प्रस्तुत गर्न सक्ने साथै चलचित्र भूठानको टिजर र गीतको समीक्षा पनि गर्न सक्नेछन् । 

हरेक हप्ता एक जना सेलिब्रेटीलाई सो कार्यक्रममा ‘ह्यापिएस्ट गेस्ट’को रूपमा निमन्त्रणा गरिनेछ । कार्यक्रममा उपस्थितमध्ये ३ जनाले लक्की ड्रमार्फत सोही कार्यक्रममै भूठानको टिकट पनि जित्नेछन् ।

चलचित्रका एक निर्माता अविरल थापाका अनुसार यो कार्यक्रम गर्नुको अभिप्राय चलचित्रका दर्शकसँग प्रत्यक्ष साक्षात्कर गर्नु, सिनेमाको बारेमा गफ गर्दै मनोरञ्जन गर्नु रहेको छ । थापाका अनुसार मार्च २० तारिखलाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय खुशी दिवसको रूपमा मनाउँदै आएको छ र सोही अवसर पारेर वैशाख ५ गतेसम्म खुशीको हप्ता मनाउने कार्यक्रम घोषणा गरिएको हो ।

चलचित्र भूठान विदेशमा रहेको आप्रवासीले आफ्नो घर फर्कन नपाएको कथामा विनोद पौडेलले निर्देशन गर्नुभएको हो भने यसमा हरिवंश आचार्य, दयाहाङ राई, पूजा चन्द, ऋचा घिमिरे, अदिती प्याकुरेल, जोयश पाण्डे लगायत हलिउड कलाकार ब्रुस डर्नको पनि अभिनय रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement