काठमाडौं । नियात्राकार जीवा लामिछानेको यात्रा संस्मरण ‘अक्षत अन्टार्कटिका’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रमका बीच लेखक लामिछाने र लेखक एवं पत्रकार बसन्त बस्नेतले कृति सार्वजनिक गर्नुभएको हो ।
कार्यक्रममा लेखक लामिछानेले पृथ्वीको सबैभन्दा रहस्यमय एवम् कौतुकमय स्थानको भ्रमण गर्ने पहिल्यैदेखि इच्छा रहेको र गत वर्ष भ्रमण सम्भव भएपछि कृति लेखेको बताउनुभयो ।
कृति लोकार्पणपछि पुस्तक संवाद समेत भएको थियो । पुस्तकलाई फाइन प्रिन्टले प्रकाशन गरेको हो । लेखक लामिछानेका यसअघि ‘सरसर्ती संसार’ र ‘देश–देशावर प्रकाशित छन् ।