भीमदर्शन रोका सम्मानबाट वरिष्ठ कलाकार शशि शाह सम्मानित

चैत्र ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
भीमदर्शन रोका सम्मानबाट वरिष्ठ कलाकार शशि शाह सम्मानित

काठमाडौं । नेपाली आधुनिक मुक्तकका प्रवर्तक, कवि एवं आदर्श गुरु भीमदर्शन रोकाको सम्मानमा काठमाडौंमा आयोजित स्मृति समारोहमा ‘भीमदर्शन रोका आदर्श गुरु सम्मान’बाट वरिष्ठ कलाकार शशिविक्रम शाहलाई सम्मानित गरिएको छ ।

सिद्धार्थ वनस्थली २०४० समूहको संयाेजन र भीमदर्शन रोका स्मृति काेषकाे आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित उक्त कार्यक्रममा कलाकार शाहलाई प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले ५० हजार नगद राशि सहितको सम्म्मानपत्रले सम्मानित गर्नुभएको थियो ।

सिद्धार्थ वनस्थलीका प्राचार्य रूपक राजवंशीकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि रोचक घिमिरे, सम्मानित कलाकार शाह सहित भीमदर्शन रोका स्मृति काेषका अध्यक्ष जयदेवकृष्ण श्रेष्ठ, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, वरिष्ठ कलाकार कृष्ण मानन्धर, दीपेन्द्रनाथ शर्मा, अनिलमान महर्जन लगायतले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो ।

प्रमुख अतिथि घिमिरेले नेपालमा आधुनिक मुक्तक भित्र्याउने मुक्तककार रोकालाई राज्य र नेपाल प्रज्ञा प्रतिष्ठानले समेत यथोचित सम्मान दिन नसकिरहेको अवस्थामा रोकाका सम्मानमा सिद्धार्थ वनस्थली २०४० सालका एसएलसी समूहका विद्यार्थीहरूबाट सङ्कलित धनराशिबाट भीमदर्शन रोका स्मृति काेष स्थापना गरी ओझेलमा परेका आदर्श गुरुहरूलाई खोजी खोजी यसरी सम्मान गर्ने गरेको कुरा स्वागतयोग्य रहेको बताउनुभएको थियो ।

त्यसैगरी उक्त समारोहमा खोपासी, पनौतीस्थित सहारा ज्येष्ठ नागरिक समाजलाई पनि ५० हजार नगद राशि सहित 'भीमदर्शन रोका समाज सेवा सम्मान'बाट सम्मानित गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement