काठमाडौं । कवि यदुनाथ वसन्तपुरेको 'मेरो भूमिमा' नामक पुस्तकको लोकार्पण भएको छ ।
शुक्रबार काठमाडौंको थलीमा आयोजित एक कार्यक्रममा वसन्तपुरेको कविता संग्रह 'मेरो भूमिमा' सार्वजिनक गरिएको हो । पुस्तक लोकार्पण गर्दै कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले वसन्तपुरेको कविता संग्रहले माटो र देशप्रेमलाई उजागर गरेको बताउनु भयो ।
शिक्षण पेशाबाट निवृत्त हुनुभएका कवि वसन्तपुरेका करिब डेढ दर्जन कृति प्रकाशित छन् ।