नेपाली वाङ्मय क्षेत्रमा योगदान गर्ने चार स्रष्टा पुरस्कृत

मंसिर १, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाली वाङ्मय क्षेत्रमा योगदान गर्ने चार स्रष्टा पुरस्कृत

काठमाडौं । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले नेपाली वाङ्मयका क्षेत्रमा योगदान गर्ने चार स्रष्टालाई पुरस्कृत गरेको छ ।

प्रतिष्ठानले शंकर कोइराला आख्यान पुरस्कार आख्यानकार राजेन्द्र विमल र कुमार-सरस्वती साहित्य पुरस्कारबाट साहित्यकार समालोचक अभि सुवेदीलाई पुरस्कृत गरेको हो ।

यसैगरी, चूडामणि गौतम व्याकरण-कोश पुरस्कारबाट व्याकरणविद् मुकुन्दशरण उपाध्याय र रामप्रसाद पन्त वाङ्मय पुरस्कारबाट साहित्यकार समालोचक गोविन्दराज भट्टराईलाई पुरस्कृत भएका छन् ।

पुरस्कार वितरणपछि मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विभिन्न श्रष्टाका पाँचवटा कृतिको लोकार्पणसमेत गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement