नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’को मञ्चन आजबाट सुरु

कार्तिक २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’को मञ्चन आजबाट सुरु

काठमाडौं । दम्पतीको सन्तान प्राप्तिको चहाना र त्यससँग आउने चुनौती समेटिएको नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’को मञ्चन आजबाट सुरु भएको छ ।

शनिबार मण्डला थिएटरमा मानवजीवनको संवेदना सहअस्तित्व , प्रेम र दम्पतीको सन्तान प्राप्तिको चहानालाई समेटेर नाटक मञ्चन गरिएको हो ।

नाटकले दर्शकलाई मन र मस्तिष्कमा प्रभाव पार्न सफल हुने नाटकका लेखक परिकल्पनाकार एवम् निर्देशक केदार श्रेष्ठको विश्वास छ ।

नाटकमा मेनुका प्रधान र कार्म शाक्यले अभिनय गरेका छन् । नाटक मंसिर १६ गतेसम्म काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement