नेपाली चलचित्रको भविष्य उज्वल छ : भारतीय अभिनेता नवाजुद्दिन

भाद्र २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
 नेपाली चलचित्रको भविष्य उज्वल छ : भारतीय अभिनेता नवाजुद्दिन

काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्धिकीले नेपालमा राम्रो चलचित्र निर्माण हुने माहोल बनेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उहाँले नेपाली चलचित्र शाम्बलाले चलचित्रका लागि नेपालमा अब नयाँ माहोल बनेको बताउनुभएको हो ।

उहाँले निर्देशक मिनबहादुर भामले चलचित्रलाई उत्कृष्ट बनाएको आफूले पाएको पनि बताउनु भयो । उहाँले देशमा एक पटक मात्रै चलचित्र क्षेत्रको माहोल बनाउने कलाकार, निर्देशकहरु आउने भन्दै त्यो माहोल चलचित्र शाम्बलासँगै बनेको दाबी गर्नुभयो ।

अभिनेता सिद्धिकीले नेपाली चलचित्रको भविष्य उज्वल रहेको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement