हरि रोकाको पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ सार्वजनिक

भाद्र २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
हरि रोकाको पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ सार्वजनिक

काठमाडौं । अर्थ-राजनीतिक विश्लेषक हरि रोकाको पहिलो पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ सार्वजनिक भएको छ ।

संविधानले नै समाजवाद उन्मुख अर्थव्यवस्था भने पनि पूँजीवादी अर्थव्यवस्था हाबी हुँदा देशमा चरम निरासा बढेको निष्कर्षसहित सार्वजनिक भएको पुस्तकमा कृषिको आयाम, वितरण र त्यसको व्यवस्थापनलगायतका विषय समेटिएको छ ।

यसैगरी कृषिको सहकारीकरण, खाद्य सुरक्षा, नेपाल उद्योग नीति असफल हुनुका कारण र बैंकिङ प्रणालीमा आउने समस्यालगायतका विषय पनि पुस्तकमा उल्लेख छ ।

नेपालमा उद्यम नगर्ने तर नाफा मात्रै कमाउने प्रवृति बढ्दै गएको छ । सरकारले ल्याएका नीतिहरु पनि कार्यन्वन हुन नसकेको र केही सीमित व्यक्तिको हातमा देशको अर्थतन्त्र ठूलो हिस्सा रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement