तेस्रो संस्करणको ‘काठमाडौं-कलिङ साहित्य महोत्सव’ सुरु

भाद्र २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
तेस्रो संस्करणको ‘काठमाडौं-कलिङ साहित्य महोत्सव’ सुरु

काठमाडौं । ‘काठमाडौं-कलिङ साहित्य महोत्सव’ को तेस्रो संस्करण सुरु भएको छ । काठमाडौंको होटल हिमालयमा सुरु भएको महोत्सवको भारतीय राजदूतावासका डेप्युटी चिफ अफ मिसन प्रसन्न श्रीवास्तव, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, लेखक भुवन ढुंगानालगायत व्यक्तित्वहरूबाट उद्घाटन गरिएको हो ।

महोत्सवमा नेपाल र भारतका साहित्यकारहरुको सहभागीता रहेको छ । जारी महोत्सवमा पाँच कृति ‘यशस्वी बुक अवार्ड २०८१’ बाट पुरस्कृत भएका छन् ।

पुरस्कृत कृतिहरूमा काव्यतर्फ देवव्रतको ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’, आख्यानतर्फ मुना चौधरीको ‘लार’ कथा संग्रह, गैर-आख्यानतर्फ मोमिला जोशीको ‘प्रश्नहरु त बाँकी नै रहन्छन्’ र अरुण गुप्तोको ‘संस्कृति चिन्तन’ (संयुक्त) र अंग्रेजीतर्फ रोहिणी राणाको ‘द नेपाल कुक बुक’ र अनुसन्धानतर्फ यज्ञराज उपाध्यायको ‘काली कर्णालीको लोक साहित्य’ रहेका छन् ।

पुरस्कृत कृतिका प्रत्येक सष्टालाई २० हजार राशीसहित सम्मान-पत्रद्वारा सम्मान गरिएको छ । महोत्सवमा विभिन्न शीर्षकमा ‘प्यानल डिस्कसन’ समेत हुने आयोजकले जानकारी दिएको छ ।

दुई दिने महोत्सव आइतबारसम्म चल्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement