भीमलाल सापकोटाको ‘धरौट’ उपन्यास सार्वजनिक

भाद्र १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
भीमलाल सापकोटाको ‘धरौट’ उपन्यास सार्वजनिक

काठमाडौं । लेखक भीमलाल सापकोटाको उपन्यास ‘धरौट’ शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार श्यामलले किताबले १० वर्षे द्वन्द्वको कथा उजागर गरेको बताउनु भयो । ‘किताबले द्वन्द्वको घाउ बोलेको छ’, उहाँले भन्नुभयो, ‘मान्छेहरूको उसबेलाको तनाव किताबको विषय बनेको छ ।’

यसैगरि साहित्यकार भारती न्यौपानेले लेखक सापकोटाको पहिलो उपन्यास भएपनि निकै खारिएको बताउनु भयो । लेखक तथा पत्रकार श्रीश भण्डारीले सापकोटाको धरौटले पश्चिम नेपालको पृष्ठभूमीमा नेपाली जनजनको कथालाई बोलेको बताउनु भयो । बाल साहित्यकार तथा इटर्नल पब्लिकेसन्सका प्रबन्ध निर्देशक यमुना पराजुलीको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा कवि असीम सागरले लेखक भीमलाल सापकोटाको प्रेमिल परिचय गराउनु भएको थियो ।

उपन्यासमा तत्कालिन दशबर्षे ‘जनयुद्व’ को त्रासद वर्णन र बाहिर नआएका कतिपय वैदेशिक रोजगारका भित्री कथाहरू छन् । १६८ पुष्ठ रहेको उपन्यासलाई इटर्नल पब्लिकेशनले प्रकाशन गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement