'मुकाम रणमैदान'ले पायो मदन पुरस्कार, जगदम्बा श्री पुरस्कार प्राडा योगेन्द्रप्रसाद यादवलाई

भाद्र १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
'मुकाम रणमैदान'ले पायो मदन पुरस्कार, जगदम्बा श्री पुरस्कार प्राडा योगेन्द्रप्रसाद यादवलाई

काठमाडौं । यस वर्षको मदन पुरस्कार लेखक मोहन मैनालीको कृती 'मुकाम रणमैदान'ले पाएको छ । मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारणसभाले २०८० को मदन पुरस्कार मैनालीको मुकाम रणमैदानलाई दिने निर्णय गरेको हो ।

२०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीमा आवेनद परेका ३ सय ४ मध्येबाट यसअघि श्रेष्ठ ५ पुस्तकको नाम सार्वजनिक गरिएको थियो । जसमा मैनालीको 'मुकाम रणमैदान', भक्त स्याङतानको 'डम्फुको आत्मालाप', भावेश भुमरी र प्रणिता चामलिङको 'भावलिपि', जीवन क्षेत्रीको 'नुन-तेल' र रोशन थापा नीरवको 'सन्त्रासका साठी दिन' परेका थिए । 

साथै, मदन पुरस्कार गुठीले यस २०८० को जगजम्बा श्री पुरस्कार प्राडा योगेन्द्रप्रसाद यादवलाई दिने निर्णय गरेको छ । दुवै पुरस्कारको राशि ४-४ लाख रुपैयाँ रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement