नेपाल साहित्यको उर्वर भूमि हो : प्रधानमन्त्री ओली

श्रावण १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल साहित्यको उर्वर भूमि हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यको उर्वर भूमि भएको बताउनुभएको छ ।

नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार आयोजित पुस्तक विमोचन कार्यक्रममा उहाँले वनजंगल, घाँस पात, पानी पधेँरा, रोधीहरु नेपालका महत्त्वपूर्ण सम्पत्ति भएको बताउनुभयो ।

उहाँले नेपालमा मात्रै यस्ता संस्कृति र संस्कार रहेको भन्दै यसको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । उहाँले नेपाल प्रतिभा र साहित्यको उर्वर भूमि रहेको बताउनुभयो । युगकवि सिद्धिचरण श्रेष्ठलगायत युगान्तकारी व्यक्तिहरुले नेपालमा जन्म लिएर नेपालको साहित्यलाई धेरै माथि लगेको बताउनुभयो ।

‘हाम्रो भूमिमा मैले धेरै ठाउँमा भन्ने गरेको छु, हाम्रो भूमिमा वनजंगल, घाँस पात, पानी पधेँरा, रोधीहरु यी साधारण कुरा होइन, हाम्रो धर्तीमा मात्रै छ । यस धर्तीमा मात्रै छ । यस ठाउँमा मात्रै छ । त्यो प्रतिभा हो । यसरी साहित्यको विकास हुँदै आयो । त्यसैले यो साहित्यको अत्यन्त उर्वर थलो हो,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको साहित्य अगाडि बढ्न खोजे पनि कुन बाटो लिने र कसरी अघि बढ्ने भन्ने बहस चलिरहेको बताउनुभयो । ‘यसमा सिद्धिचरण श्रेष्ठजस्ता युगान्तकारी कविहरुदेखि लिएर अरु निबन्धकार, उपन्यासकार, महाकाव्यकारहरु थुप्रै, हास्यव्याङ्ग्यकारहरु त्यस्ता साहित्यकारहरु नेपाली भूमिमा रहे । अहिले त्यो साहित्य, आज त्यो साहित्य अलिक अघि बढ्न खोजेको छ तर कुन बाटो लिने र कसरी माथि उठ्ने भन्ने बहस चलिरहेको छ ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement