रामबाबु-ज्ञानु सामाजिक सेवा तथा समाजसेवी पुरस्कारको घोषणा

भाद्र १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
रामबाबु-ज्ञानु सामाजिक सेवा तथा समाजसेवी पुरस्कारको घोषणा

काठमाडौं-रामबाबु-ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले यस वर्ष सामाजिक क्षेत्रमा कार्यरत विभिन्न संस्था या व्यक्तिलाई पुरस्कार तथा सम्मानको घोषणा गरेको छ । कोषको आज बसेको साधारणसभाले उक्त निर्णय गरेको हेा ।

कोषले नेपालगन्जस्थित नीलसागर सेवाश्रमकी संस्थापक अध्यक्ष सरिता खनाललाई २ लाख राशीको रामबाबु-ज्ञानु सामाजिक सेवा पुरस्कारले सम्मानित गरेको छ । यस्तै, जनही १ लाख राशीको रामबाबु-ज्ञानु समाजसेवी पुरस्कार २०८१ यस वर्ष तीन संस्थाहरुलाई प्रदान गर्ने निर्णय गरिएको कोषले जनाएको छ । पुरस्कृत हुने संस्थामा इटहरीस्थित माया घर नेपाल, गोकर्णेश्वर काठमाडौंस्थित अपांग पुनर्स्थापना केन्द्र र टोखास्थित हाम्रो बाल संरक्षण धरोहर नेपाल छन् ।

स्वयंसेवाको भावनाले नेपालीको हितमा उदाहरणीय योगदान गरेका व्यक्ति तथा सामाजिक संस्थालाई सम्मानित गर्ने तथा सामाजिक भावनामा सेवाको विकासमा सहयोग पुर्याउने उद्देश्यले २०७१ मा रामबाबु-ज्ञानु सामाजिक सेवा पुरस्कार कोष स्थापना गरिएको हो । कोषले २०७१ सालदेखि २ लाखको पुरस्कार तथा सम्मानपत्र प्रदान गर्दै आएकोमा २०७४ देखि ४ लाखका पुरस्कार प्रदान गर्न थालेको थियो । यस वर्ष पुरस्कार ५ लाख राशीको बनाइएको हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement