राष्ट्रिय कविता महोत्सवमा गुञ्जिए कवि

असार ९, २०८१ |अवतार राई
राष्ट्रिय कविता महोत्सवमा गुञ्जिए कवि

काठमाडौं । गद्य होस् या पद्य, जुनसुकै विधाको कविताले पनि स्रोता र पाठकलाई उद्वेलित बनाइदिन सक्छ । भाषासँगै कविताको भावले मानिसलाई मोहित पार्छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६७औं वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सवमा यस्तै भाव र रस मिश्रित कविताहरु गुञ्जिए ।

यस वर्ष सात सयभन्दा बढी प्रतिस्पर्धीबाट छानिएका २५ कविले राष्ट्रिय कविता महोत्सवमा आफ्ना कविता वाचन गरे । कविहरुले देशप्रेमले ओतप्रोत मात्र होइन, क्रान्तिकारी चेत बोकेका कविता पनि पस्किए ।

महोत्सवमा सात कविले मातृभाषामा कविता वाचन गरेका थिए ।

राष्ट्रिय कविता महोत्सवमा गत वर्षदेखि मातृभाषामा लेखिएका कवितालाई पनि समावेश गर्न थालिएको हो । त्यसअघि कविता महोत्सवमा नेपाली भाषाका कविताले मात्र स्थान पाउँथे । त्यसमध्ये तीन कविलाई पहिलो, दोस्रो र तेस्रो गरी पुरस्कृत गरिन्थ्यो । गत वर्षदेखि नै उत्कृष्ट १० कवितालाई समान रुपमा पुरस्कृत गर्न थालिएको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको भनाइ छ ।

नेपालमा १२४ मातृभाषा प्रचलनमा छन् । जसमध्ये आधाभन्दा बढी मातृभाषामा साहित्यिक लेख रचना प्रकाशित हुने गरेका छन् । मातृभाषाहरुलाई समेत समेटेर प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवलाई दिन खोजेको व्यापकता भने सह्रानीय छ ।


Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement