प्राध्यापक कृष्ण पोखरेलको आत्मवृत्तान्त ‘फर्केर हेर्दा’ सार्वजनिक

असार ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्राध्यापक कृष्ण पोखरेलको आत्मवृत्तान्त ‘फर्केर हेर्दा’ सार्वजनिक

काठमाडौं । प्राध्यापक कृष्ण पोखरेलको आत्मवृत्तान्त फर्केर हेर्दा पुस्तक सार्वजनिक भएको छ ।

राजधानीमा आज एक कार्यक्रमका बीच प्राध्यापक पोखरेलको पुस्तक सार्वजनिक गरिएको हो । लामो समय प्राध्यापन पेसामा आबद्ध पोखरेलले प्राध्यापनसहित राजनीतिक रुपमा आफूले निर्वाह गरेका भूमिकाबारे पुस्तकमा उल्लेख गर्नुभएको छ ।

आत्मवृत्तान्त भए पनि समकालीन राजनीतिक घटनाक्रम पनि पुस्तकमा समेटिएको छ । कम्युनिस्ट आन्दोलनमा चर्चित झापा विद्रोहबारे बुझ्न पनि किताब सहयोगी हुने बताइएको छ ।

पुस्तकमाथि टिप्पणी गर्दै राजनीतिशास्त्री कृष्ण खनालले पार्टीप्रति झुकाव भए पनि आलोचनात्क दृष्टि राख्ने क्षमता पोखरेलमा रहेको बताउनुभयो ।

पुस्तक शिखा बुक्सले प्रकाशनमा ल्याएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement