पर्यटनको अवस्था, चुनौती र सम्भावना समेटिएको पुस्तक सार्वजनिक

जेष्ठ २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
पर्यटनको अवस्था, चुनौती र सम्भावना समेटिएको पुस्तक सार्वजनिक

काठमाडौं । नेपालको पर्यटनको अवस्था, चुनौती र सम्भावना समेटिएको पुस्तक आज सार्वजनिक भएको छ ।

नेकपा एमाले पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन विभागले नेपालको पर्यटनलाई १८ वटा क्षेत्रमा विभाजन गरी ७६ वटा लेखसहितको आठ सय पृष्ठको पुस्तक सार्वजनिक गरेको हो ।

पुस्तकमा कृषि पर्यटन, खेल पर्यटन, हाइड्रो पर्यटन, स्वास्थ्य पर्यटन, शिक्षा पर्यटन, खाना पर्यटन, धार्मिक पर्यटनजस्ता क्षेत्रमा रहेका समस्या र त्यसको समाधानको विषयमा चर्चा गरिएको छ ।

पुस्तक विमोचन गर्दै एमालेका अध्यक्ष केपी ओलीले गौतम बुद्धको जन्मस्थल मात्रै भनाई समग्र बुद्ध दर्शनकै उत्पत्ति नेपालबाटै भएकाले त्यसको प्रचार गरेर पर्यटक भित्र्याउनुपर्ने बताउनुभयो ।

सरकारले पर्यटनबाटै आर्थिक समृद्धि हासिल गर्ने भने पनि अहिलेसम्म त्यसअनुसारको काम भने हुन सकेको छैन । पर्यटन क्षेत्रमा अहिले २० खर्ब हाराहारीको लगानी भएको छ भने ११ लाखले रोजगारी पाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.