नीति बनाउँदा जीवजन्तुको भूमिका र अवस्थितिलाई ख्याल गर्न विज्ञको सुझाव

फाल्गुन १२, २०८० |कान्तिपुर टीभी संवाददाता
नीति बनाउँदा जीवजन्तुको भूमिका र अवस्थितिलाई ख्याल गर्न विज्ञको सुझाव

काठमाडौं । नेपालमा वन्यजन्तुको संरक्षण नीति बनाउँदा जीवजन्तुको भूमिका र अवस्थितिलाई पनि ख्याल गर्न वन्यजन्तुविद्हरुले सुझाव दिएका छन् ।

पत्रकार तथा लेखक ददि सापकोटाद्वारा लिखित 'जीवगाथा' नामक पुस्तक विमोचनमा उनीहरूले हालसम्म ठूला जनावरलाई मात्र हेरेर संरक्षण नीति बनाइने गरिएको बताए । तीन दशकदेखि वन्यजन्तु तथा पन्छी जगत्‌बारे अनुसन्धानमा सक्रिय लेखक सापकोटाले पर्यावरण जोगाउन भूमिका भएका साना जनावर तथा पन्छीको संरक्षणमा भने सरकारी निकायको ध्यान नगएको औँल्याए । 

वन्यजन्तुविद् राजेन्द्र सुवालले सार्वजनिक गरेको पुस्तकमा जीवजन्तुको आनीबानी, प्रेम, द्वन्द्वलगायतका विषयमा लेखिएका छन् । 

यसैगरी, साढे ३५ वर्ष नेपाली सेनामा रहेका पूर्वसैनिक सचिव विवेककुमार शाहले लेखेको पुस्तक 'दरबारबाट देखेको नेपाल' सार्वजनिक गरिएको छ । ३० वर्ष राजदरबारमा बिताउँदा देखेको घटनाक्रमलाई समेटेर शाहले लेखेको पुस्तक सांग्रिला बुक्सले प्रकाशन गरेको हो । 

पुस्तकमा नेपाल र भारतबीचको तिक्ततापूर्ण सम्बन्ध र चीनलाई चिन्न नसकेको विषय उल्लेख गरिएको छ । संविधानविद् विपिन अधिकारीले सिक्किम भारतमा विलय हुँदा राजा वीरेन्द्रले त्यहाँका राजालाई दिएको साथका बारेमा पनि पुस्तकमा समेटिएको बताए । शाहको यसअघि 'मैले देखेको दरबार' पुस्तक सार्वजनिक भएको थियो । 

यस्तै, आजै काठमाडौंमा पुरण राईका  ५ कृति आप्रवासी नेपाली, वसन्त ऋतु, डरका विम्बहरू, अस्तु र लासमाथिको मानवता सार्वजनिक गरिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पुस्तक सार्वजनिक गरेका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.