सुर्खेत । हरेक वर्ष कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको पर्यटकीय स्थल बुलबुले उद्यानमा हुने कुडा कर्नालीका कर्णाली उत्सव आजदेखि सुरु भएको छ । आज पहिलो दिनका तीन सेसन प्रकोप र पुनर्निर्माणमा केन्द्रित रहे ।
कर्णाली चिन्ने, चिनाउने बहस विमर्श र विचारको उत्सव कर्णाली उत्सव कुडा कर्नालीकाको पाँचौँ संस्करण आजदेखि पर्यटकीय स्थल बुलबुले उद्यानमा तीन दिन सञ्चालन हुने छ । कर्णाली प्रदेशका तीन जिल्ला जाजरकोट, रुकुम पश्चिम र सल्यानमा विनाशकारी भूकम्पले पुर्याएको मानवीय क्षतिसहित जनजीवनमा ठूलो प्रभावबारे भूकम्पविद् लोक विजय अधिकारीसँग छलफल गरेको छ ।
चैत्र १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा राहत उद्धार र पुनर्निर्माणमा देखिएको उदासीनलाई तीन तहका सरकारले समेटिनु पर्ने सहभागीहरूले बताएका छन् । भूकम्पले पूर्ण क्षति पुर्याएका संरचना पुनर्निर्माणमा ढिलाइ भइसकेको समेत सहभागीहरूले बताएका छन् ।
उनीहरूले भूकम्पपछि पुनर्निर्माणमा मात्रै नभई जोखिमबाटसमेत सुरक्षित राख्ने योजना ल्याउन आवश्यक रहेको बताएका छन् । कर्णालीमा दुखका मात्र नभई समृद्धि र सम्भावनाका कुरालाई उत्सवका माध्यमबाट बहसमा ल्याउने र कर्णालीलाई चिनाउने थलोको रूपमा कर्णाली उत्सवलाई लिनु पर्ने बहसमा सहभागीहरूले बताएका छन् ।