सापकोटा र राईलाई ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’

फाल्गुन २, २०८० |कान्तिपुर टीभी संवाददाता
सापकोटा र राईलाई ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’

काठमाडौं । नइ प्रकाशनले २०७९ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ नेपाली वाङ्‍‍मयको श्रीवृद्धिका लागि सिर्जना र संगठनमार्फत समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउने भारत असमका प्राज्ञ नव सापकोटालाई समर्पण गर्ने निर्णय गरेको छ ।

ताम्रपत्रका साथ यस पुरस्कारको राशि दुई लाख रुपैयाँको छ ।

यसैगरी नइ प्रकाशनले सिर्जनाद्वारा नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याउने भारत दार्जिलिङकी स्नेहलता राईलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

ताम्रपत्रका साथ यो पुरस्कारको राशि एक लाख रुपैयाँ छ ।

यी दुवै पुरस्कार नेपाली भाषासाहित्यमार्फत अन्तरार्ष्ट्रिय क्षेत्रमा ख्याति कमाएकामध्ये विशिष्ठ नेपाली गोर्खाली मूलका विदेशी व्यक्तित्वलाई हरेक वर्ष समर्पण गरिँदै आएको छ ।

नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.