त्रिमूर्ति दिवसमा तीन स्रष्टा सम्मानित

माघ २७, २०८० |कान्तिपुर टीभी संवाददाता
त्रिमूर्ति दिवसमा तीन स्रष्टा सम्मानित

काठमाडौं । त्रिमूर्ति दिवसमा तीनजना स्रष्टालाई सम्मान गरिएको छ ।

शनिबार त्रिमूर्ति निकेतनले सत्रौँ त्रिमूर्ति दिवसका अवसरका तीनजना स्रष्टालाई सम्मान गरेको हो ।  जसमा ६ दशकदेखि भाषा साहित्यमा क्रियाशील रही छन्द कविता सिर्जना तथा छन्द काव्यको प्रचार प्रसार अभियानमा संलग्न प्राध्यापक मुकुन्दशरण उपाध्याय लेखनाथ पौड्याल पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै नाट्य विधामा सक्रिय हरिबहादुर थापालाई बाल कृष्ण सम पुरस्कार र लक्ष्मीप्रसाद देवकोटाका अप्रकाशित कृतिको सम्पादन गरी प्रकाशन गरेबापत जयप्रसाद देवकोटालाई देवकोटा काव्य पुरस्कार प्रदान गरिएको थियो ।

पुरस्कृत तीनै जनालाई ताम्र पत्रका साथ जनही एक-एक लाख राशिसमेत प्रदान गरिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.