काठमाडौंमा जलरंग महोत्सव

मंसिर १६, २०८० |कान्तिपुर टीभी संवाददाता
काठमाडौंमा जलरंग महोत्सव

काठमाडौं । नेपालसहित ३९ देशका २ सय बढी कलाकारको सहभागितामा पाँच दिने तेस्रो जलरंग महोत्सव काठमाडौंमा सुरु भएको छ ।

महोत्सवमा ३ सय ४० कलाकृति प्रदर्शनी गरिएको छ । विभिन्न देशका कलाकारबीच सिकाई आदानप्रदान गर्ने उद्देश्यले प्रदर्शनी गरिएको हो । प्रदर्शनीकै क्रममा काठमाडौं, ललितपुर र भक्तपुरका सम्पदा क्षेत्रमा गएर कला कार्यशाला गर्ने कार्यक्रम छ । त्यसैगरी कलाकारहरुलाई नगरकोट लगेर सूर्योदय र सूर्यास्तको दृष्यावलोकन गराई कला सिर्जना गराइने आयोजक अन्तर्राष्ट्रिय जलरंग समाजले जनाएको छ ।

काठमाडौंको सम्पदा क्षेत्रका चित्र जलरंगका माध्यमबाट सिर्जना गर्ने र नेपालको पहिचान विश्वसामु पस्किन पाइने भएकाले पर्यटन प्रवर्द्धनका लागि समेत महोत्सव सहयोगी बन्ने आयोजकको भनाइ छ । यसअघि समाजले महोत्सवकै रुपमा लुम्बिनी, पोखरा, काठमाडौंलगायत विभिन्न क्षेत्रमा कला महोत्सव गरिसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.