कुमार नगरकोटीको जोगियाना सार्वजनिक

मंसिर १२, २०८० |कान्तिपुर टीभी संवाददाता
कुमार नगरकोटीको जोगियाना सार्वजनिक

काठमाडौं । साहित्यकार कुमार नगरकोटीको संस्मरण कृति जोगियाना सार्वजनिक गरिएको छ ।

ललितपुरस्थित पाटन संग्रहालयमा मंगलबार आयोजित कार्यक्रममा स्रष्टा स्वयं तथा सञ्चारकर्मीहरु यज्ञश, बसन्त बस्नेत र दीपक सापकोटाले कृतिको लोकार्पण गरेका हुन् । कार्यक्रममा कृतिका केही अंश वाचन गरिएको थियो । नगरकोटी आफैंले कवितासमेत वाचन गरेका थिए ।

नगरकोटीको यो दशौं कृति हो । यसमा १९ वटा संस्मरण समावेश छन् । साहित्यकार नगरकोटी नाटक, कविता तथा चलचित्र समीक्षा लेखनमा सक्रिय छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.