काठमाडौं । राजनीतिक विश्लेषक विष्णु सापकोटाले लेखेको पहिलो उपन्यास 'अडिएका पाइला' सार्वजनिक गरिएको छ ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठानको डबलीमा एक कार्यक्रमकाबीच सापकोटाको उपन्यास सार्वजनिक गरिएको हो ।
लेखक सापकोटाले उपन्यासमा २०७२ सालमा संविधान जारी भएपछिका घटना, विषयवस्तु र समसामयिक राजनीतिक परिवेशलाई समेटेर बौद्धिक तथा मनौवैज्ञानिक माध्यमबाट मानवीय सम्बधलाई उजागर गरेका छन् ।
उनले आफूलाई फरक कोणबाट उभ्याउँदै उपन्यास लेखेको बताए । सापकोटले दुई वर्ष लगाएर उपन्यास तयार पारेका हुन् । उपन्यास फाइनप्रिन्टले प्रकाशन गरेको हो ।