कला परिषद्‌मा २ सय वर्ष पुरानो इतिहास झल्काउने फोटो प्रदर्शनी

मंसिर ८, २०८० |कान्तिपुर टीभी संवाददाता
कला परिषद्‌मा २ सय वर्ष पुरानो इतिहास झल्काउने फोटो प्रदर्शनी

काठमाडौं । नेपाल कला परिषद् काठमाडौंमा दुई सय वर्ष पुरानो इतिहास झल्काउने फोटो प्रदर्शनी सुरु भएको छ । चित्रकार सुजना श्रीषको एकल प्रदर्शनीमा गोर्खा महिलाको आवाज चित्रबाट प्रतिबिम्बित गर्न खोजिएको छ ।

प्रदर्शनीमा देशका ६ स्थानका ५० गोर्खा महिलाका पेपर क्यानभासमा पेन्सिलले कोरेका चित्र राखिएका छन् । यस्ता चित्रमा गोरखा महिलाको चिनारी, बाल्यकाल, विवाह, सेनामा रहेका श्रीमान् पर्खिएर बसेको पलको अवस्थासमेत समेटिएको छ ।

यसैगरी सेनामा हुँदा श्रीमानले पठाएको पत्र, महिलाहरुले लगाउने गरेका कपडा, प्रयोग गर्ने भाडावर्तन पनि प्रदर्शनमा राखिएको छ । श्रीष क्रिएटिभ आर्ट्स इनिसिएटिभले गरेको प्रदर्शनी भोलिबाट दर्शकले नि:शुल्क अवलोकन गर्न पाउनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.