झमक घिमिरेको नयाँ कृति कर्मणा सार्वजनिक

मंसिर ७, २०८० |कान्तिपुर टीभी संवाददाता
झमक घिमिरेको नयाँ कृति कर्मणा सार्वजनिक

काठमाडौं । मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेको नयाँ कृति कर्मणा सार्वजनिक भएको छ ।

भर्खरै बजारमा आएको पुस्तक कर्मणामा उनले पछिल्लो समयका आफ्ना अनुभूतिहरु सँगालेकी छन् । धनकुटाको कचिडे घर भएकी साहित्यकार घिमिरेको यो १४औं कृति हो ।

देब्रे खुट्टाका दुई औंलाको सहारामा लेखिएको आत्मवृतान्त जीवन काँडा कि फूलले २०६८ सालको मदन पुरस्कार प्राप्त गरेको थियो । बोल्न र हिँड्न नसक्ने झमकका दुवै हात चल्दैनन् । झमकले आफ्नो पछिल्लो कृति कर्मणा पढेर सुझाव दिन पनि पाठकसमक्ष आग्रह गरेकी छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.