काठमाडौं । साहित्यकार रमेश विकलको आज ९५औँ जन्मजयन्तीका मनाइएको छ ।
उनको जन्मजयन्तीका अवसरमा कलाकारिता क्षेत्रमा विकलले गरेको योगदानको चर्चा गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सन्तोष चालिसेले विकलको योगदान नेपाली साहित्य र कला क्षेत्रमा महत्त्वपूर्ण रहेको बताए ।
सामाजिक यथार्थवादी आख्यानकार विकलको जन्म विसं १९८५ कात्तिक २९ गते भाइटिकाका दिन भएको थियो । विसं २००६ मा शारदा मासिकमा गरिब कथा प्रकाशनपछि उनी नेपाली आख्यान क्षेत्रमा प्रवेश गरेका हुन् ।
विकलले ‘नयाँ सडकको गीत’ कथा सङ्ग्रहका लागि २०१९ सालको मदन पुरस्कारसमेत प्राप्त गरेका थिए । उनको विसं २०६५ पुस २ गते निधन भएको थियो ।