प्राध्यापक बरालको ‘नेपाल फ्रोम मोनार्की टु रिपब्लिक’ पुस्तक सार्वजनिक

कार्तिक १७, २०८० |कान्तिपुर टीभी संवाददाता
प्राध्यापक बरालको ‘नेपाल फ्रोम मोनार्की टु रिपब्लिक’ पुस्तक सार्वजनिक

काठमाडौं । प्राध्यापक डाक्टर लोकराज बरालको ‘नेपाल फ्रोम मोनार्की टु रिपब्लिक’ नामको पुस्तक सार्वजनिक गरिएको छ ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति रामवरण यादव र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संयुक्त रुपमा सो पुस्तक सार्वजनिक गरेका हुन् । अङ्ग्रेजी भाषामा प्रकाशित पुस्तकमा राजतन्त्रदेखि गणतन्त्रसम्मका महत्त्वपूर्ण राजनीतिक घटना उल्लेख छन् । 

नेपालको राजनीतिक परिवर्तनका क्रममा भएका प्रवृत्ति, पात्र र घटनालाई लेखक बरालले सटिक रूपमा पुस्तकमा समेटेका छन् । उनले नेपालको राजनीतिमा विदेशी पात्रले खेल्ने भूमिकाबारे पनि उल्लेख गरेका छन् । 

पुस्तकमाथि टिप्पणी गर्दै विश्लेषक कृष्ण खनालले राजनीतिमा विकृति बढ्दै गएको र नेतृत्वमा नैतिकतासमेत हराउँदै गएको बताए ।

पुस्तकमा विभिन्न आन्दोलनले ल्याएको परिवर्तन संस्थागत गर्न नसक्नुका कारण समेत समेटिएको छ । पुस्तक रुपा पब्लिकेसन्स इन्डियाले प्रकाशनमा ल्याएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.