इटहरी । इटहरीमा ३ दिने अन्तरदेशीय नाटक महोत्सव आयोजना हुने भएको छ ।
कात्तिक १९ गतेदेखि २१ गते सम्म ‘दोस्रो अन्तरदेशीय साझा रंगमञ्च २०८०’ आयोजना हुने आयोजक कलालय इटहरीले आज पत्रकार सम्मेलन गरी जनाएको छ ।
नाटक महोत्सवमा नेपाल र भारतका रंगकर्मीहरुले नाटक प्रस्तुत गर्नेछन् । ३ दिनसम्म चल्ने महोत्सवमा भारतको पश्चिम बंगालसहित नेपालका विभिन्न संस्थाका ४ वटा नाटक मञ्चन गरिने कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीले जानकारी दिए ।
नेपालको तर्फबाट कलालय इटहरीले ‘सत्रु्’, कदम थियटर दमकले ‘जयमाया आफूमात्रै लिखापानी आईपुगी’ र आरोहण गुरुकुल विराटनगरले नाटक नेताजी मञ्चन गर्ने छ । पश्चिम बंगाल भारतबाट आएको संस्थाले एक टु अगुन्डे प्रर्दशन गर्ने अध्यक्ष जयन्तीले बताए ।
यसअघि कलालय इटहरीकै आयोजनामा कोभिड-१९ को संक्रमण अघि पहिलो पटक अन्तरदेशीय नाटक महोत्सवको आयोजना गरिएको थियो । त्यस बेला पनि नेपाल र भारतका एक एक नाटक मञ्चन गरिएको थियो ।