राष्ट्रव्यापी हास्यव्यङ्ग्य कविता प्रतियोगितामा रेग्मी उत्कृष्ट

वैशाख ९, २०८० |कान्तिपुर टीभी संवाददाता
राष्ट्रव्यापी हास्यव्यङ्ग्य कविता प्रतियोगितामा रेग्मी उत्कृष्ट

काठमाडौं । भैरव स्मृति पुस्तकालय काठमाडौंले आयोजना गरेको राष्ट्रव्यापी हास्यव्यङ्ग्य कविता प्रतियोगितामा रत्‍ननिधि रेग्मी प्रथम भएका छन् ।

अन्तिम छनोटमा परेका १५ कविता मध्ये रेग्मीको सिर्जना उत्कृष्ट भएको हो । उनले प्रमाणपत्रसहित ३० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

यस्तै, चिरञ्जीवी दाहाल दोस्रा र अनिल पौडेल तेस्रा भएका छन् । उनीहरूले क्रमशः २० हजार १५ हजार राशि पुरस्कार तथा प्रमाणपत्र पाएका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.