७ स्रष्टालाई कालीगण्डकी साहित्य परिषद्को सम्मान

माघ ७, २०७९ |कान्तिपुर टीभी संवाददाता
७ स्रष्टालाई कालीगण्डकी साहित्य परिषद्को सम्मान

चितवन । कालीगण्डकी साहित्य परिषद् कालिका चितवनले गरेको स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रममा सात स्रष्टालाई सम्मान अर्पण गरिएको छ । कार्यक्रममा विभिन्न कविले आ-आफ्नो रचना वाचन गरेका थिए ।

संस्थाका अध्यक्ष गणेश शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि केशवराज आमोदीले कालिगण्डकी साहित्य सम्मान (२०७९) बाट केदारनाथ खनाल, लकाश पौडेल, पूर्णप्रसाद अधिकारी, चिरञ्जीवी दाहाल, गोकर्ण मल्ल र सामना पहाडलाई सम्मानपत्र र उपहार प्रदान गरे । आमोदीले सम्मानित व्यक्तित्वलाई बधाईसमेत दिए ।

कविहरू धनराज गिरी, ईश्वरी ओझा, यमुना न्यौपाने, हरिप्रसाद गजुरेल, जगन्नाथ पण्डित, नम्रता, होमनाथ घिमिरे, श्यामजी अतिथिलगायत कविले आ-आफ्नो कविता वाचन गरेका थिए ।

कार्यक्रमा वरिष्ठ निबन्धकार रामबाबु घिमिरे र धनराज गिरी एवं कालिका नगरपालिका ६ का वडाध्यक्ष टीकाराम रेग्मी र अन्य अतिथिले कार्यक्रममा आ-आफ्नो विचार व्यक्त गरे । अनिता अर्यालले सञ्चालन गरेको कार्यक्रममा सम्मानित स्रष्टा केदारनाथ खनाल, पूर्णप्रसाद अधिकारी, गोकर्ण मल्ल र चिरञ्जीवी दाहालले पनि आफ्ना विचार एवं कविता प्रस्तुत गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.