आजका मुख्य समाचार,
* भारत उत्तराखण्डमा मंगलबारको भिषण बाढीमा जाजरकोट र जुम्लाका ७ जनाको मृत्यु / बेपत्ताको यकीन नहुँदा पीडित परिवारमा बेचैनी / प्रभावित क्षेत्रमा खोज र उद्धार जारी ।
* संवैधानिक इजलास गठनलाई लिएर सर्वोच्चमा मतभेद / गोला प्रणाली अपनाउने प्रधानन्यायाधीशको प्रस्तावले न्यायाधीशबीच नै कित्ताकाट / विषयविज्ञताका आधारमा छनोट हुनुपर्ने तर्क ।
* लम्पी स्किनको प्रकोपले डेढ महिनामै ८ सय ४३ पशु मरे / २९ जिल्लामा संक्रमण फैलिँदा कोशी प्रदेशमा मात्रै २२ हजार चौपाया संक्रमित / नियन्त्रणमा सरकारको पहल नै भएन ।
* अमेरिकासँग कूटनीतिक दुरी बढेका बेला भारतका प्रधानमन्त्री मोदी चीन जाने तयारीमा / अगष्ट ३१ देखि हुने सांघाई को-अपरेशन बैठकको साइडलाइनमा चिनियाँ राष्ट्रपति सीसँग भेटको सम्भावना ।
* एनपीएलको दोस्रो संस्करणमा काठमाडौं गोर्खाजको नेतृत्व सम्हाल्न मोन्टी देशाई काठमाडौंमा / राष्ट्रिय क्रिकेट टिमलाई नयाँ उचाइ दिलाएका प्रशिक्षकबाट च्याम्पियन बन्ने गोर्खाजको लक्ष्य ।