आजका मुख्य समाचार,
* पाकिस्तानमा लगातारको भारी वर्षाले भिषण बाढी र पहिरो / दुई दिनमा ३ सय ४० को मृत्यु / उद्धारमा गएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको ज्यान गयो ।
* मल अभाव हुन नदिन प्रधानमन्त्रीको बारम्बारको निर्देशन अर्थहीन / सरकारी गोदाममा ४८ हजार टन थन्किँदा किसानले यसपाली पनि पर्याप्त मल पाएनन् ।
* भूमि विधेयकका विवादित विषय राजनीतिक संयन्त्रबाट टुंगो लगाइदिन समिति सभापतिको हारगुहार/ तत्काल पारित गर्न एमालेको दबाब / समितिको बैठक पाँच मिनेटमै स्थगित ।
* नयाँदेखि स्थापित निर्देशक र कलाकारका नाटकले नेपाली रंगमञ्चमा उत्साह / ४ महिनामा एउटै नाटकघरमा १० वटासम्म नाटक प्रदर्शन / दर्शक र व्यापारमा पनि सुधार हुँदै ।
* अस्ट्रेलियामा जारी टप एन्ड टी-ट्वेन्टी सिरिजमा नेपालको लगातार दोस्रो हार / बंगलादेश ए' सँग ३२ रनले पराजित / अर्को खेल नेपालले मेलबर्न स्टार्ससँग खेल्ने ।