धनकुटा महालक्ष्मीको ७ घर पहिरोको जोखिममा

भाद्र २, २०८२ |विनोद घिमिरे
धनकुटा महालक्ष्मीको ७ घर पहिरोको जोखिममा

धनकुटा । बस्तीमुनिको जमिन धाँजा फाटेर जमिन बगेपछिपछि धनकुटाको महालक्ष्मी नगरपालिकास्थित छ्यालुङ लाक्टाङ गाउँका ७ घर पहिरोको जोखिममा परेका छन् ।

पहिरोका कारण छ्यालुङ लाक्टाङ गाउँमुनि रहेको खेत बग्न थालेको छ । बस्तीमुनिको खेत, जंगल र अलैंचीबारीबाट सुरु भएको पहिरोले माथि रहेको बस्ती तान्ने जोखिम बढेको हो । एक सातासम्म परेको बर्षापछि छ्यालुङ लाक्टाङ गाउँका १३ मध्ये उच्च जोखिममा परेका ४ घरलाई तत्काललै सुरक्षित स्थानमा सार्नु पर्ने अबस्था छ । 

यसैबीच महालक्ष्मी नगरपालिका प्रमुख ध्रुवराज राय, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल र जिल्ला विपदव्यबस्थापन समितिको टोलीले पहिरोग्रस्त छ्यालुङ लाक्टाङ गाउाको अनुगमन गरेको छ । अनुगमनपछि पहिरोको जोखिम क्षेत्रका स्थानीयलाई नजिकैको बालबिकास केन्द्रको भवनमा सार्ने निर्णय भएको महालक्ष्मी नगरपालिका प्रमुख ध्रुवराज रायले बताउानु भयो । पहिरो जानसक्ने स्थानमा रहेका तीन घरकालाई भने सतर्क अवस्थामा रहन भनिएको छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।