Kantipur Samachar | कान्तिपुर समाचार, १ भदौ २०८२

भाद्र १, २०८२ |कान्तिपुर टीभी संवाददाता
 Kantipur Samachar | कान्तिपुर समाचार, १ भदौ २०८२

आजका मुख्य समाचार,

* इन्धन बिक्रीबाट नागरिकसँग वार्षिक ५ अर्बभन्दा बढि सडक मर्मत कर उठाउँदै सरकार/ सडक मर्मतसम्भारमा भने बेवास्ता/ सडक दुरुस्त हुन ९० सालसम्म कुर्नुपर्ने भौतिक मन्त्रीको जवाफ ।

* भिजिट भिसामा विदेश जान खोज्नेको कागजपत्र नमिले अनुसन्धानका लागि प्रहरीमा पठाउने अध्यागमनको तयारी/ केवल अनुमान, शंका वा हैसियतका आधारमा भने नरोकिने ।

* प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निम्ता/ दुई दिने भ्रमणमा आएका भारतीय विदेश सचिव मिश्रीको प्रधामन्त्री र राष्ट्रपतिसहित सबै शिर्ष नेतासँग भेटवार्ता ।

* रुस-युक्रेन युद्ध अन्त्यबारे छलफल गर्न फ्रान्स, जर्मनी र बेलायतबीच भर्चुअल बैठक हुँदै/ युद्धविरामको प्रयासलाई रुसले जटिल बनाइरहेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आरोप ।

* इंग्लिस प्रिमियर लिगमा नटिंङ्हम फरेस्ट र ब्रेन्टफोर्डबिचको खेल जारी/ चेल्सीसँग क्रिस्टल प्यालेस खेल्दै/ आजै आर्सनल र म्यान युबीच प्रतिस्पर्धा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.