काठमाडौंको बुढानिलकण्ठमा सवारी दुर्घटना : दुईको मृत्यु, तीन घाइते

भाद्र २, २०८२ |कान्तिपुर टीभी संवाददाता
काठमाडौंको बुढानिलकण्ठमा सवारी दुर्घटना : दुईको मृत्यु, तीन घाइते

काठमाडौँ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–७, स्पेसल चोकमा गएराति १ बजे भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

गोल्फुटारदेखि बुढानिलकण्ठ नारायणस्थानतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको डिओ स्कुटर र बुढानिलकण्ठदेखि गोल्फुटारतर्फ जादै गरेको प्रदेश ३–०२–००२ प ५७२ सुजुकी जिक्सर मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार दुर्घटनामा परेर ३ जना घाइते भएका छन् । घाइतेमध्ये गोरखा आरुपोखरीका २४ वर्षीय एरिक परियारको मात्र पहिचान भएको छ । परियारको निधार र खुट्टामा चोट लागेको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत परियार बोल्न सक्ने अवस्थामा हुनुहुन्छ । 

थप दुई घाइतेमध्ये एकको बाँया हात र टाउकोमा चोट लागेको छ भने अर्का व्यक्तिको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले बताएको छ । दुर्घटनामा सिराहा जन्दहका २९ वर्षीय भोला थापाको उपचारकै क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का करिब ३५ वर्षीय पुरुषको पनि सोही समयमा अस्पतालमा मृत्यु भएको हो । तर उनको पहिचान नभएको प्रहरीले बताएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.